समाचारबुधबार, साउन २०, २०७२

सडक अवरुद्ध गरी ढुंगा हान्न थालेपछि बल प्रयोग गरिएको होः गृहमन्त्री गौतम

हिमालखबर

Bamdev-Gautamदलित राजनीतिक संघर्ष समितिले राजधानीको बिजुलीबजारमा गरेको आन्दोलनमा आन्दोलनकारीले सडक अवरुद्ध पारी यातायात सञ्चालनमा रोक लगाएका कारण सामान्य बल प्रयोग भएको गृहमन्त्री वामदेव गौतमले बताएका छन् ।

१९ साउनमा काठमाडौंमा दलित राजनीतिक संघर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै सभासद्हरुले आपत्ति प्रकट गरेपछि २० साउनमा संसदलाई जवाफ दिंदै गृहमन्त्री गौतमले पटक–पटक आन्दोलनकारीलाई बाटो खुलाउन प्रहरीले आग्रह गरेपनि उल्टै उत्तेजनामा आएर प्रहरीमाथि ढुंगामुढा गरेपछि बलप्रयोग गर्नुपरेकोे बताए ।

घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्रीले घटनाको सत्यतथ्य छानविनका लागि एक समिति गठन गरिएको समेत जानकारी दिए ।

गृहमन्त्रीको जवाफ लगत्तै सभासद् मानबहादुर विश्वकर्माले शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक हक खोसिएको भन्दै गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताएका थिए ।

उनले सुरक्षा निकायका गल्तीलाई गृहमन्त्रीले ढाकछोप गरेको भन्दै शान्तिपूर्ण आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरी दमन भएको र केहीलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने काम भइरहेको दाबी गरे ।

नयाँ संविधानमा संविधानमा दलित अधिकार सुनिश्चितताको माग गर्दै १९ साउनमा दलित राजनीतिक संघर्ष समिति र अधिकारकर्मीहरूले बिजुलीबजारमा सडक अवरुद्ध पारेका थिए ।

प्रहरी दमनको विरोधमा समितिले २० साउनमा र्‍यालीको आयोजना गरेको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>