थप समाचारबुधबार, साउन २०, २०७२
खुकुरीले छिनाएको हात जोडियो
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा एक युवकको खुकुरी लागेर छिनिएको हात जोडिएको छ ।
२० साउनमा खोटाङका ३४ वर्षिय चरित्र कुमार तामाङको खुकुरी प्रहारबाट छिनिएको हात सफलतापूर्वक जोडिएको हो ।
हात जोङ्ने शल्यकृया (Replantation) डाक्टरहरुको संयुक्त टोलीले दश घन्टाको प्रयास पछि सफलतापूर्वक हात जोडेको अस्पतालले जनाएको छ ।
शल्यकृयामा अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा. उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी, अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा. मुरारी राज उप्रेती र डा. अर्चन अधिकारी सहभागी थिए ।
शल्यकृयापछिको चौथौ दिनदेखी नै तामाङले राहत महसुश गरेको र उनको घाउ पनि निको हुँदै गएको छ ।
उनको नाडिको चाल र हातको सेन्सेसन आउन समय लाग्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।
अस्पतालमा एक वर्षअघि पनि गोरखाका एक युवकको नाडीबाट चुँडिएको हात जोडिएको थियो ।