समाचारबुधबार, साउन २०, २०७२

सर्वोच्चद्वारा सञ्जय साहलाई रिहा गर्न अस्वीकार

हिमालखबर

सर्वोच्च अदालतले जनकपुर बम काण्डका अभियुक्त धनुषा क्षेत्र नम्बर ४ बाट संविधानसभाको सदस्यमा निर्वाचित सञ्जय साहलाई रिहा गर्न अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले बम काण्डमा प्रारम्भिक रुपमा दोषी देखिएको भन्दै साहलाई रिहा गर्न अस्वीकार गरेको हो ।

१८ वैशाख २०६९ मा जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको बम काण्डमा दोषी देखिएको भन्दै प्रहरीले संविधानसभाका सदस्य साहलाई पक्राउ गरेको थियो । आफू निर्दोष भएको भन्दै धनुषा जिल्ला अदालतमा साहले आफूलाई रिहा गर्न माग गरेका थिए ।

धनुषा जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेपछि साहले पुनरावेदन अदालत जनकपुरमा निवेदन दिएको थिए । उक्त अदालतले पनि धनुषा जिल्ला अदालतकै आदेशलाई सदर गरी रिहा गर्न अस्वीकार गरेको थियो । पुनरावेदनले पनि रिहा गर्न अस्वीकार गरेपछि साहले आफू निर्दोष भएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले प्रारम्भिक रुपमा देखिएको प्रमाणबाट दोषी नै भएको देखिएकाले साहलाई रिहा गर्न नमिल्ने जनाएकाले साह थुनामै रहने भएका छन् ।

सद्भावना पार्टीका साहले आफूलाई राजनीतिक रुपमा समाप्त गर्न फसाइएको अदालत समक्ष बयान दिएका छन् । प्रहरीले घटनासँग सम्बन्धित अडियो टेप पनि अदालतमा पेस गरेको छ । अडियो टेपमा साह मुछिएको प्रत्यक्ष देखिएको बताइएको छ । तर, साहले भने सो टेप नक्कली भएको जिकिर गर्दै आएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>