थप समाचारबिहीबार, साउन २१, २०७२

बनेन बर्थिङ सेन्टर

हिमालखबर

जिल्ला अस्पताल जाजरकोटको प्रसूति केन्द्रको भवन।

जिल्ला अस्पताल जाजरकोटको प्रसूति केन्द्रको भवन।

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि जाजरकोटस्थित जिल्ला स्वास्थ्य कार्यालयको ‘बर्थिङ सेन्टर’ भवन निर्माण शुरू भएको चार वर्षमा पनि बन्न सकेको छैन।

शहरी विकास तथा भवन डिभिजन कार्यालय जाजरकोटले काठमाडौंको फ्रेन्ड्स कन्स्ट्रक्सनसँग २५ जेठ २०७० मै निर्माण सक्ने शर्तमा ६ चैत २०६८ मा सम्झौता गरेको थियो।

शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख अम्बादत्त जोशी रु.१२ लाख ६६ हजार भुक्तानी लगिसकेपछि ठेकेदार कम्पनी भागेको बताउँछन्। भवनको कुल लागत रु.७४ लाख ६६ हजार तोकिएको थियो। पाँच वर्षदेखि निर्माण रोकिएपछि बनाइएका संरचना पनि कामै नलाग्ने भएका छन्।

जाजरकोट जिल्ला अस्पतालकी अनमी सावित्रा काफ्ले एकैदिन दुई/तीन जना सुत्केरी आए राख्ने ठाउँ नै नहुने बताउँछिन्। उनी भन्छिन्, “एउटा कोठाबाट काम चलाउनु परेको छ, भनेरै नसकिने समस्या छ।”

निर्माण सम्झौता गरी एकाएक हराउने कम्पनीलाई कारबाही गर्न सकिने भए पनि सरकारी निकाय यसबारे मौन छ। वैशाखमा जाजरकोट आइपुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले यस्ता निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने बताएका थिए। तर, फ्रेन्ड्स कन्स्ट्रक्सनलाई कारबाही गरेको सुनिएको छैन।

बद्री पन्त, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>