समाचारबिहीबार, साउन २१, २०७२

संविधानसभा बैठक भोलि ५ बजे

हिमालखबर

व्यवस्थापिका–संसद्को आजको बैठक प्रतिनिधिसभाका पूर्व सदस्य सूर्यप्रसाद प्रधानको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलीसम्मका लागि स्थगित भएको छ ।

विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रधानको २० साउनमा लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

शोक प्रस्ताव पारित गरेसँगै संविधानसभा अध्यक्षसमेत रहेका सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को अर्को बैठक २२ साउनसम्मका लागि स्थगन गरिएको जानकारी दिए ।

नेम्वाङ्का अनुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको संविधानसभाको बैठक पनि २२ साउन अपराह्न ५ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>