समाचारबिहीबार, साउन २१, २०७२
पूर्वसभासद् कुशवाह धरौटीमा रिहा
जिल्ला प्रशासन कार्यालय बाराले पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई तारेखमा रिहा गरेको छ ।
सार्वजनिक अपराधमा प्रहरीले हिरासतमा लिएका कुशवाहलाई रु २० हजार धरौटी लिई रिहा गरेको हो । गत ३ साउनमा बरियारपुरमा जग्गासम्बन्धी दुई पक्षबीच झैझगडा भएपछि ८ साउनमा जिल्ला प्रहरी कार्यालयमा छलफल हुँदै गर्दा प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा उनलाई हिरासतमा राखिएको थियो ।
उनले छलफलका क्रममा प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीसमेतलाई दुव्र्यवहार गरेको भन्दै सार्वजनिक अपराध ऐनअनुसार १० साउनमा १५ दिन म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
