समाचारबिहीबार, साउन २१, २०७२
धर्म निरपेक्षता कायमै राख्न माग
बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् ।
धर्म निरपेक्ष संरक्षण महासमितिले पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान, २०६३ ले गरेको व्यवस्था अनुसार नयाँ संविधान बनाउँन आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा ती धर्मका धर्मगुरुहरुले मुलुकमा गणतन्त्र स्थापना भइसकेको र अन्तरिम संविधानमा पनि व्यवस्था भइसकेको धर्मनिरपेक्ष हटाइ धार्मिक स्वतन्त्रता वा अन्य कुनै शब्द प्रयोग भएमा अमान्य हुने बताए ।
कार्यक्रममा नेपाल बौद्ध महासङ्घका अध्यक्ष फुपु छेम्बे शेर्पाले राज्यले कहिले पनि एउटा धर्मलाई मात्र संरक्षण गर्ने नीति लिन नहुने बताउँदै स्थायी शान्तिका लागि सबै धर्मको समान रुपमा व्यवहार हुनुपर्ने बताए ।
इसाई धर्मगुरु उत्तम परियारले पहिलो संविधानसभाले राखेको धर्म निरपेक्षतालाई दोस्रो संविधानसभाको निर्वाचनपछि षड्यन्त्रपूर्वक हटाउन खोजिएकामा रोष प्रकट गर्दै नयाँ संविधानमा धर्म निरपेक्षतालाई कायम गरेर राज्यले सबैप्रति समान व्यवहार गर्नुपर्ने बताए ।
धर्म निरपेक्ष संरक्षण महासमितिमा आबद्ध बौद्ध धर्मअन्तर्गत थेरवादका भिक्षु कोण्डन्य, महायानका फुपु छेम्बे शेर्पा, बज्रयानका प्रा डा नरेशमान बज्राचार्य, किराँतका डेकेन्द्रसिंह थेगिम, इस्लामका नजुरलद्दिन हुसेन, इसाइका उत्तम परियार र सिखका गुरु वश्व्श सिंह ज्ञानीले जारी गर्नुभएको विज्ञप्तिमा धर्मनिरपेक्ष भन्ने शब्दावली संविधानमा नराख्ने प्रयत्न गरे तथा यसप्रति विविध तवरका षड्यन्त्रहरु गरे आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने उल्लेख छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
