समाचारशुक्रबार, साउन २२, २०७२
राजेन्द्र क्षेत्री कामु प्रधान सेनापति
नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा राजेन्द्र क्षेत्री नियुक्त भएका छन् ।
२२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका प्रधानसेनापति गौरव शम्शेर राणाले २६ भदौदेखि अवकाश पाउँदैछन् । अवकाश पाउनुअघि एक महिना विदामा बस्ने प्रचलन अनुसार उनी २५ साउनदेखि विदामा बस्नेछन् ।
क्षेत्रीको परिवार नेपाली सेनामा ६ पुस्तादेखि कार्यरत छ ।
उनका दाजु मानार्थ उपरथी रमिन्द्र क्षेत्री नेपाली सेनामै कार्यरत छन् भने भाई रतिन्द्र क्षेत्रीले महासेनानीबाट अवकाश प्राप्त गरेका हुन् ।
क्षेत्रीले अमेरिकी सेनाको कमाण्ड एण्ड जनरल स्टाफ अफिसर्स कोर्ष गरेका छन् ।
प्रधानसेनापति राणाले एकमहिनापछि अवकाश पाएपछि क्षेत्री प्रधान सेनापति हुनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
