समाचारशुक्रबार, साउन २२, २०७२
अखण्ड सुदूरपश्चिमको माग गर्दै कैलाली बन्द
अखण्ड सुदूरपश्चिम संघर्ष समितिले कैलाली जिल्ला बन्द गराएको छ ।
बन्दले जिल्लाको यातायात ठप्प भएको छ भने शिक्षण संस्था, पसल कलकारखान पनि बन्द भएका छन् ।
यातायात बन्दले यात्रुहरु अलपत्रमा परेका छन् ।
सदरमुकाम धनगढी बाहेक कैलालीका टिकापुर, अत्तरिया, लम्की लगायतका बजार समेत बन्द छन् । भने सबै जसो बजार क्षेत्रमा अखण्ड सुदुरपश्चिम पक्षधरले नारा जुलुश गरेका छन् ।
दलहरुले प्रदेशहरुको सीमाङ्कन गर्दा कैलाली जिल्ला टुक्र्याउने सहमती गर्न लागेको भन्दै आन्दोलन शुरु भएको हो ।
अखण्ड सुदूरपश्चिम संघर्ष समितिका संयोजक गोपाल देउवाले अखण्ड सुदूरपश्चिमलाई एक प्रदेश बनाउने निर्णय नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।
हिन्दू राष्ट्रको माग गर्दै इनरुवा बन्द
संविधानमा हिन्दू राष्ट्रको माग गर्दै हिन्दू राष्ट्र पक्षधरहरुले सुनसरी सदरमुकाम इनरुवा बन्द गराएका छन् ।
बन्दका कारण इनरुवा बजार क्षेत्र ठप्प छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
