समाचारशुक्रबार, साउन २२, २०७२
एमाओवादीले धर्म निरपेक्षता नछोड्ने
एमाओवादीले धर्म निरपेक्षता, संघीयता र समावेशी संरचना नछोड्ने निर्णय गरेको छ ।
२२ साउन विहान सिनियर नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले अन्तरिम संविधानले सुनिश्चित गरेको प्रमुख उपलब्धीहरुबाट पछाडि फर्कन नसक्ने निर्णय गरेको पार्टी सचिव गिरिराजमणि पोखरेलले बताए ।
उनले भने, “राज्य धर्म सापेक्ष हुन सक्दैन, नागरिकलाई धार्मिक स्वतन्त्रता हुन्छ ।” बैठकले आजै सीमाकंनसहितको संघीयता टुंग्याउनेगरी अन्तरपार्टी छलफल गर्ने निर्णय गरेको छ ।
यसका लागि अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
