समाचारशुक्रबार, साउन २२, २०७२

सीमाकंनबारे एमालेको नयाँ प्रस्ताव

हिमालखबर

नेकपा एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले प्रदेशको सीमाकंनबारे नयाँ प्रस्ताव अघि बढाएको छ ।

सिंहदरवारमा बसेको बैठकले स्थानीय जनताको चाहनालाई ध्यान राखेर ६ प्रदेशको सीमाकंनबारे नयाँ प्रस्ताव ल्याएको हो ।

पार्टी सचिव प्रदिप ज्ञवालीका अनुसार पूर्वका सिराहा र सप्तरीलाई प्रस्तावित १ नम्बर प्रदेशमा राख्ने, ४ नम्बर प्रदेशमा बाँके र बर्दिया जोड्ने र ६ नम्बर प्रदेशमा सूदुरपश्चिमका सवै जिल्ला तथा बाँके र बर्दिया बाहेक कर्णाली र भेरी अञ्चल राख्नेबारे छलफल भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिक स्थायी कमिटीको बैठक बोलाएर संविधान निर्माणबारे भइरहेको प्रगतीबारे जानकारी गराएका थिए । बैठकले साउनभित्रै संविधान जारी गर्ने गरी सम्वाद अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>