समाचारशुक्रबार, साउन २२, २०७२

शीर्ष नेताहरुको बैठक शुरु

हिमालखबर

विराटनगर पुगेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार काठमाडौं फर्किएपछि शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।

सीमाकंनसहितको ६ प्रदेश बनाउने सहमति गरेका दलहरुबीच केही दिनयता लगातार छलफल भइरहेको छ । पूर्वी नेपाल र सूदुरपश्चिमका केही जिल्लामा उत्पन्न विवाद मिल्न नसक्दा २१ साउन दिनभरको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीका अनुसार आजै सीमाकंनको विवाद मिलाउनेगरी छलफल शुरु भएको छ । उनका अनुसार शीर्ष नेताहरुबीच सहमति भएलगत्तै सम्वाद समितिकाे बैठक बसेर प्रतिवेदन तयार हुनेछ ।

नयाँ संविधानमाथि अाएकाे जनताकाे सुझाव समेटेर प्रतिवेदन तयार पार्न सम्वाद समितिलाई समय दिएपछि १३ साउनदेखि संविधानसभाकाे बैठक बस्न सकेकाे छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>