समाचारशुक्रबार, साउन २२, २०७२

सहमति हुन नसकेपछि संविधानसभाको बैठक स्थगित

हिमालखबर

प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार २२ साउन साँझ ५ बजेका लागि तय गरिएको बैठक शनिबार, २३ साउन अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताबाट प्राप्त सुझावका आधारमा विवादित विषयमा सहमति जुटाउने र सो समितिको प्रतिवेदन संविधान सभामा पेस हुने भन्दै संविधानसभाको बैठक आजका लागि बोलाइएको थियो ।

संवाद समितिअन्तर्गतको प्रमुख राजनीतिक दलका शीर्षनेता सम्मिलित विशेष समितिले विवादित विषयमा सहमति जुटाउन लागिपरेकाले थप समयको आवश्यकता महसुस गरिएको सचिवालयले जनाएको छ ।

प्रमुख दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक अहिले सिंहदरबारमा जारी छ । दलहरुबीच विशेष गरी प्रदेशको सीमाङ्कनका विषयमा विवाद छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>