समाचारशुक्रबार, साउन २२, २०७२
शीर्ष नेताहरु आन्तरिक छलफलमा
सीमाकंनसहितको संघीयता टुंगो लगाउन जुटेका शीर्ष नेताहरुले खाजा ब्रेकका लागि विश्राम लिएका छन् ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई संयोजकत्वको शीर्ष बैठकबाट नेताहरु खाजाका लागि बैठकस्थलबाट बाहिरिएका हुन् । नेताहरु आ–आफ्नै दलका नेताहरुसँग छुट्टा–छुट्टै खाजासहित छलफलमा जुटेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले खाजापछि पुनः छलफलमा जुट्ने बताए । ६ प्रदेशसहितको संघीयतामा सहमति जुटाएका दलहरुबीच सीमाकंन टुंगिन सकेको छैन ।
यता, साँझ ६ बजे बोलाइएको सम्वाद समितिको बैठक भने अलपत्र परेको छ । सम्वाद समितिका सदस्यहरु शीर्ष नेताहरु कुरेर बसिरहेका छन् ।
-कपिल भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
