Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इजरायलमा ‘केयरगिभर’ पठाउन सम्झौता - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन २२, २०७२

इजरायलमा ‘केयरगिभर’ पठाउन सम्झौता

हिमालखबर

caregiverimageनेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

इजरायलले नेपाली कामदारलाई केयरगिभरका रुपमा लिने सहमति यसअघि भए पनि म्यान पावर कम्पनीले कामदारलाई ठगी गर्दै बढी रकम उठाएपछि केही वर्षअघिदेखि इजरायलले नेपाली कामदार लिन रोकेको थियो ।

इजरायलले नेपाली कामदार रोकेपछि संस्थामार्फत नभई दुवै देशका सरकारबीचको सहमतिअनुसार सरकारले नै कामदार पठाउने सम्झौतामा आज हस्ताक्षर भएको हो ।

कामदारले इजरायलमा कम्तीमा मासिक रु एक लाख तलब पाउनेछन् ।

केही दिनमै इजरायल जानका लागि आवेदन दिन वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्ने र त्यसमा आवेदन दिनेमध्येबाट परीक्षाका माध्यमबाट उत्तीर्ण उम्मेदवारलाई कामदारका रुपमा छानिने सम्झौतामा उल्लेख छ ।

इजरायलमा विशेषतः त्यहाँका बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिन्छ ।

श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

शुरुमा ३०० नेपाली कामदार इजरायलमा केयरगिभरका रुपमा छनोट हुने अपेक्षा राखिएको सुवेदीले बताए ।

महिलालाई प्राथमिकता
इजरायल जान स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रुकम गरी करिब रु १० हजार तथा हवाइजहाजको भाडाबापतको रकममात्रै तिर्नुपर्ने हुन्छ ।

कामदारले प्रवेशाज्ञाबापत र सेवा शुल्कबापत भने रकम तिर्नु पर्दैन ।

कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अङ्ग्रेजी राम्रो भएका महिला र पुरुष दुवैले इजरायलमा केयरगिभरका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

पुरुष पनि केयरगिभरका रुपमा लैजाने सम्झौतामा उल्लेख भए पनि महिलालाई बढी प्राथमिकता दिइने नीति लिइनेछ ।

रोजगारीका लागि केयरगिभरको तालिम लिएको वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउनेछन् ।

महानिर्देशक सुवेदीले लामो समयको प्रयासपछि इजरायलमा नेपालीको रोजगारीको बाटो खुलेको बताए ।

राजदूत मेयरले सम्झौतापछि इजरायलले सक्षम नेपाली केयरगिभर पाउने विश्वास व्यक्त गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>