थप समाचारशनिबार, साउन २३, २०७२

काबुलमा विष्फोट, कम्तिमा ४० को मृत्यु

हिमालखबर

kabulअफगानिस्तानको राजधानी काबुलमा भएका दुई बेग्लाबेग्लै बम विष्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

२२ साउन राति प्रहरी प्रशिक्षण केन्द्र बाहिर आत्मघाती आक्रमणकारीले आफूसमेत २० प्रशिक्षार्थीको हत्या गरेका छन् । त्यसलगत्तै विमानस्थलमा गोली चलेको आवाज आएको थियो ।

प्रहरी प्रशिक्षण केन्द्रमा भएको आक्रमणको जिम्मा आतंकवादी संगठन तालिबानले लिएको छ ।

त्यसअघि शाह शहीद क्षेत्रको सैन्य शिविरमा एउटा ट्रकमा गराइएको ठूलो विष्फोटबाट कम्तिमा २० जनाको मृत्यु भएको थियो भने २५० जना घाइते भएका थिए ।

विष्फोटका कारण भत्केका वरपरका घरहरुमा धेरै मानिसहरु पुरिएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>