थप समाचारशनिबार, साउन २३, २०७२
बांग्लादेशमा अर्का ब्लगरको हत्या
बांग्लादेशको राजधानी ढाकामा एक अर्का ब्लगरको हत्या भएको छ ।
ढाका प्रहरीका अनुसार बल्गर निलोय नीलको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनको आवासमा २२ साउन दिउँसो फेला परेको हो ।
बांग्लादेशका ब्लगरहरुका अनुसार निलोय फेसबुक र ब्लगमा धर्मनिरपेक्षता सम्बन्धी लेखका लागि चिनिन्थे । उनले ब्लगरहरुको हत्याको विरोध, महिला र अल्पसंख्यकको अधिकार साथै विकृत परम्पराको विरोधमा लगातार लेखिरहन्थे ।
लेखहरुमार्फत इस्लाम परम्परामा प्रश्न उठाउने निलोयको हत्या कसले गर्यो भन्ने बारेमा अहिलेसम्म थाहा लाग्न नसकेको प्रहरीले जनाएको छ ।
यसै वर्ष बांग्लादेशमा चार जना ब्लगरको हत्या भइसकेको छ । उनीहरु सबै स्वतन्त्रताका पक्षधर थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>