समाचारशनिबार, साउन २३, २०७२

तिनाउमा यात्रुवाहक बस खस्यो

हिमालखबर

दीपक ज्ञवाली
बुटवल नजिक सिद्धाबाबामा केही बेरअघि एक यात्रुबहाक बस तिनाउँ नदीमा खसेको छ ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको बस नदीमा खसेको हो ।

पश्चिम क्षेत्रीय ट्राफिक कार्यलय बुटवलका अनुसार यात्रुसहितको उक्त बस नदीमा डुबिरहेको देखिएको छ ।

उद्धारका लागि सेना, प्रहरी र सर्बसाधारणले प्रयास गरिरहेका छन् । तर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भईरहेको छ ।

बसमा २३ जना यात्रु सवार थिए । क्षतिको बिवरण आउन सकेकोछैन । बस साढे १ बजे पहिरोसँगै खसेको थियो ।

केही दिनअघि सोही क्षेत्रमा चिकित्सकहरु सवार जीप पहिरोले पुरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>