समाचारशनिबार, साउन २३, २०७२
प्रधानमन्त्रीले प्रसन्न मुद्रामा भने, ‘म उत्साहित छु’
दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन समय लम्बिएपछि संविधानसभा बैठक पनि राति ८ बजेका लागि सरेको छ ।
यसअघि दलहरुबीच सहमति हुने संभावना बढेपछि आइतबारका लागि डाकिएको बैठक आजै ६ बजेका लागि बोलाइएको थियो ।
अहिले पनि शीर्ष नेताहरुबीच छलफल जारी छ । बैठकमा भर्खरै पुगेका प्रधानमन्त्री सुशील कोइराला प्रसन्न मुद्रामा देखिएका छन् ।
उनले भने, “म उत्साहित छु, सहमति हुन्छ होला ।”
दलहरुबीच ६ प्रदेशमै सहमति हुने बुझिए पनि सिमाङ्कन कसरी हुन्छ भन्ने बारे अहिलेसम्म बताइएको छैन ।
कपिल भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
