थप समाचारशनिबार, साउन २३, २०७२
तिनाउ नदीमा खसेको बस अझै भेटिएन, तीनवटा शव भेटिए
बुटवल नजिक सिद्धाबाबाबाट तिनाउ नदीमा खसेको बस अझै भेटिएको छैन ।
निरन्तर पहिरोको त्रासका कारण उद्धारमा कठिनाई भईरहेको छ ।
अहिलेसम्म तीन जनाको शब फेला परेको छ । ती शब नदीभन्दा माथि नै अड्किएका थिए । तर बस नै नदीमा डुबेकाले बसभित्रका यात्रुको अवस्था पत्ता लागेको छैन् ।
पश्चिम क्षेत्रीय ट्राफिक कार्यलय बुटवलका अनुसार यात्रुसहित नदीमा डुबेको उक्त बस बाहिर देखिएको छैन् ।
उद्धारका लागि सेना, प्रहरी र सर्बसाधारणले प्रयास गरिरहेकाछन् । तर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भईरहेको छ ।
पहिरोसँगै बस नदीमा खस्दै गर्दा केहीबेर भीरमा अड्किएपछि बसका चालक, मालिकसहित ७ जना बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । बांकी बससँगै नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बसमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको बस नदीमा खसेको हो । बस दिउँसो साढे १ बजे पहिरोसँगै नदीमा खसेको थियो ।
फेला परेका दुई शबमध्ये एक किशोरीको शव बिद्यालय पोशाकमा परिचयपत्र सहित भेटिएको छ । परिचयपत्रमा कक्षा १० , बिद्या श्रेष्ठ लेखिएको छ । बिद्यालयको नाम पाल्पा तांहु स्थित मालगिरी मालगिरी ईगलिस बोर्डिंग स्कूल छ । तर प्रहरीले मृतकहरु को हुन पुष्टि गरेको छैन ।
सिद्धबाबा क्षेत्रमा अहिलेसम्म पहिरोसंगै यसरी नै दर्जनभन्दा बढि सवारी साधन नदीमा खसिसकेकाछन् ।
केही दिनअघि सोही क्षेत्रमा चिकित्सकहरु सवार जीप पहिरोले पुरेको थियो ।
पहिरोले अबरुद्ध बाटो अहिले एकतर्फीं रुपमा खुलेको छ । बांकी बिबरण आउन बांकी छ ।
शब्द, तस्वीरः दीपक ज्ञवाली