थप समाचारशनिबार, साउन २३, २०७२
सम्वाद समितिको बैठक शुरु गर्न माग गर्दै सभासदहरुको होहल्ला
चार दलका शीर्ष नेताहरुको सिंहदरबारमा छलफल चलिरहँदा सम्वाद समितिको बैठक बोलाउन माग गर्दै केही सभासदहरुले हो–हल्ला गरेका छन् ।
मधेश केन्द्रित लगायतका साना दलका सभासदहरु सम्वाद समितिको बैठक डाकेर पनि बैठक शुरु नभएको भन्दै आक्रोशित भएका हुन् ।
नेताहरुबीच सहमति हुन नसक्दा राति ८ बजे बोलाइएको सम्वाद समितिको बैठक ९ बजेसम्म पनि बस्न सकेको छैन ।
अहिले बैठकस्थल बाहिर जम्मा भएका सभासदहरुले कि त चाँडो बैठक बस्नु पर्यो नभए बैठकको मिति सार्नु पर्यो भन्दै होहल्ला गरिरहेका छन् ।
अाज जसरी पनि समितिको बैठक बस्छ: भट्टराई
बैठक स्थल बाहिर रहेका सभासदहरुलाई संवाद समितिका सभापति बाबुराम भट्टराईले दलहरुबीच भएको सहमतिको प्रतिवेदन आज आफूले जतिबेला भए पनि समितिमा पेस गर्ने भन्दै धैर्य राख्न सभासदहरुसँग आग्रह गरेका छन् ।
“सहमति आजै हुन्छ, सहमतिमा हस्ताक्षर भइसकेपछि पनि त्यसलाई पूर्णरुप दिन थप एक घणटा लाग्छ, तपाइँहरुलाई जे मन लाग्छ गर्नुहोस तर समितिकै बैठक जतिबेला पनि बस्न सक्छ,” भट्टराईले भने ।