समाचारशनिबार, साउन २३, २०७२

फोरम लोकतान्त्रिकका नेताहरु बाहिरिए

हिमालखबर

दलहरुबीच प्रदेशको सीमाङ्कनमा सहमति हुनै लाग्दा बैठकमा सहभागी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बाहेकका नेताहरु बाहिरिएका छन् ।

६ प्रदेशको सिमाङ्कनमा असहमति जनाइरहेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मत राख्दै अगाडि बढ्ने संकेत दिएपछि जितेन्द्र देव, रामजनम चौधरी लगायतका सभासदहरु बैठकस्थलबाट बाहिरिएका हुन् ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनीहरुले प्रस्तावित ६ प्रदेशको सीमाङ्कन आफूहरुलाई मान्य नरहेको बताए ।  उनीहरुले अध्यक्षले हस्ताक्षर गरे पनि त्यो आफूहरुलाई मान्य नहुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>