समाचारआइतबार, साउन २४, २०७२
संवाद समितिमा प्रतिवेदन पेश
विशेष समितिको बैठकको प्रतिवेदन पेश भएपछि संवाद समितिको बैठक केही बेरमै २४ साउनसम्मका लागि स्थगित भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिमा दलगत मतभिन्नता रहेका विषय समेत समावेश गरी समितिमा प्रतिवेदन पेश गरिएको जानकारी दिएका छन् ।
उनले असहमतिका बुँदाहरुमा फेरि शीर्ष नेताहरु संलग्न विशेष समितिमा छलफल गरी टुंग्याइने बताए ।
मस्यौदा संविधानमा जनताबाट प्राप्त विभिन्न करिब १५० सुझावहरु समावेश गरीएको उनले बताए ।
शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा जनताबाट ठूलो सुझाव आए पनि त्यसलाई समावेश गर्न नसकिएको उनको भनाई थियो ।
शक्ति सन्तुलनको दस्तावेज
उनले अब जारी हुने संविधान शक्ति सन्तुलनको दस्तावेज भएकाले कसैका पनि सबै कुरा नसमेटिने बताए ।
संविधान निर्माणका थप चरणहरु अझै बाँकी रहेकाले थप संशोधनको गुञ्जाइस अझै बाँकी नै रहेको पनि उनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
