Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बन्दले बाँकेको जनजीवन प्रभावित - Himalkhabar.com

थप समाचारआइतबार, साउन २४, २०७२

बन्दले बाँकेको जनजीवन प्रभावित

हिमालखबर

बन्द कोहलपुर बजार । तस्वीर: केशव राना

बन्द कोहलपुर बजार । तस्वीर: केशव राना

हिन्दु राष्ट्रको माग गर्दै विभिन्न हिन्दुवादी संघसंगठनहरुले आज, २४ साउनमा गरेको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।

शिव सेना नेपाल, आर्य समाज, राष्ट्रिय नागरिक संघर्ष समिति, विश्व हिन्दु युवा संघ, स्वधर्म संस्कृति संरक्षण अभियान लगायतका हिन्दुवादी संगठनहरुले बाँके बन्द गराएका हुन् ।

बन्दका कारण नेपालगञ्ज, कोहलपुरबाट छुट्ने लामो तथा छोटोदुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु पनि प्रभावित भएका छन् । बन्दकर्ताहरुले मोटरसाइकल समेत चल्न दिएका छैनन् ।

नेपालगञ्ज र कोहलपुरमा बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिँडेका छन् । बन्दमा हिन्दुवादीका साथसाथै राप्रपा नेपालका कार्यकर्ताहरुको समेत उपस्थिति छ ।

अहिलेसम्म कुनै अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>