Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारले बेवकूफ बनाउन खोज्यो: डा केसी - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, साउन २४, २०७२

सरकारले बेवकूफ बनाउन खोज्यो: डा केसी

हिमालखबर

gobinda kcसरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै २७ साउनदेखि छैटौंपटक अनशन बस्ने घोषणा गरेका डा. गोविन्द केसी भन्छन्, “स्वास्थ्यले थेग्दासम्म मेडिकल शिक्षा सुधारका लागि लडिरहन्छु ।”

तपाईंका मागहरू माथेमा प्रतिवेदनले सम्बोधन गरिसकेको अवस्थामा फेरि किन अनशनको घोषणा गर्नुभएको हो ?
माथेमा प्रतिवेदनले सबै माग समेटेको छैन । अर्को कुरा, प्रतिवेदन थन्क्याउन खोजिएको छ । कार्यान्वयनको नियत देखिंदैन । विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त गर्न लागिएको छ । यसअघिका सम्झौता पालना नगरी सरकारले बेवकूफ बनाउन खोजेकोले फेरि अनशन बस्नु परेको हो ।

अनशन आन्दोलनको अन्तिम अस्त्र मानिन्छ, बारम्बारको अनशन सुहाउँदो कुरा हो र ?
मलाई अनशन बस्ने रहर छैन । पहिलोपटक अनशन थाल्नुअघि आन्दोलनका अन्य सबै तरीका अपनाएँ, तर कसैले सुनेन । सम्झौता कार्यान्वयन गरे त आन्दोलन गर्नै पर्दैनथ्यो । मेडिकल शिक्षा स्तरीय, सर्वसुलभ बनाउन र आधारभूत स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्‍याउन अनशन बसेको हुँ ।

तपाईंले अनशनबाटै भ्रष्टाचारी किटान र कारबाहीको माग गर्नुभएको छ, यसका लागि कानूनी प्रक्रिया चाहिंदैन र ?
छानबिन गरेरै त्रिभुवन विश्वविद्यालयका भ्रष्ट पदाधिकारी बर्खास्त गर्ने सम्झौता भएको हो, तर खै त गरेको ? अख्तियार स–साना व्यक्तिलाई कारबाही गर्नमै अड्किएको छ । राजनीतिले न्याय क्षेत्र पनि प्रभावमा पारेपछि कसरी हुन्छ कारबाही ?

तपाईंको अनशनले धेरै विद्यार्थी विदेशिन बाध्य भएको आरोपबारे के भन्नुहुन्छ ?

मलाई निरुत्साहित पार्न यस्तो आरोप लगाइएको हो । अहिलेको मेडिकल शिक्षाले धनीबाहेक अरु डाक्टर नबन्ने भए । गुणस्तरीय शिक्षा भएन । सबैभन्दा धेरै पूर्वाधार भएको शिक्षण अस्पतालले वर्षेनि ७६ विद्यार्थी पढाउँछ तर पूर्वाधार नपुगेका निजीले १५० जना । नेपालमै स्तरीय र सर्वसुलभ मेडिकल शिक्षा भए विद्यार्थी विदेश होइन, यहीं पढ्छन् ।

कतिञ्जेल अनशन बस्नुहुन्छ ?

त्यतिञ्जेलसम्म, जबसम्म भ्रष्ट र बेइमान नेता जिम्मेवार, इमानदार हुँदैनन्, दायित्वबोध गर्दैनन्, हामीसँगका सम्झौता कार्यान्वयन गर्दैनन् । स्वास्थ्यले थेगेसम्म बेथिति विरुद्ध लडिरहन्छु ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>