थप समाचारआइतबार, साउन २४, २०७२

अझै भेटिएन नदीमा खसेको बस

हिमालखबर

ID२३ साउन दिउँसो बुटवल नजिक सिद्धबाबाको पहिरोसंगै तिनाउ नदीमा खसेको यात्रुबहाक बस अझै भेटिएको छैन् ।

सेना, प्रहरी लगायतको टोलीले प्रयास गरिरहे पनि धमिलो पानी र पहिरो खस्ने जोखिमका कारण उद्धारमा समस्या भईरहेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख, डीएसपी दिलीप घिमिरेले बताए ।

पहिरोसँगै नदीमा खसेर डुबेको बस र शवहरु खोज्नका लागि गोताखोरहरुलाई बोलाईएको उनले बताए ।

२३ साउन दिउँसो करिब १ बजे तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको बस बुटवल नजिकै पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरोसंगै तिनाउमा खसेको थियो ।

अहिलेसम्म तीन जनाको शब फेला परेको छ । मृतकहरु पाल्पा ताहुं ५ का बिष्णुमाया श्रेष्ठ,उनकी छोरी बिद्या श्रेष्ठ र गुल्मी सिर्सेनीका बिष्णु थापा छन् ।

विद्या र बिष्णु थापाको शव अघिल्लो दिननै घटनास्थलमा भेटिएको थियो भने बिष्णु मायाको शव भने २४ साउन विहान बुटवलको देबिनगरस्थित तिनाउ नदीबाट निकालिएको हो ।

घटनास्थलबाट बगेर त्यहां पुगेको शब अघिल्लो दिन सांझ देखिए पनि प्रहरीले निकाल्न सकेको थिएन ।
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>