थप समाचारसोमबार, साउन २५, २०७२
हिन्दु राष्ट्र माग्दै पर्सा बारा बन्द
हिन्दु राष्ट्रको माग गर्दै हिन्दू राष्ट्र संघर्ष समितिले आव्हान गरेको बन्दले पर्सा, बारालगायतको जिल्ला प्रभावित बनेको छ ।
बन्दले वीरगन्ज, कलैया, जीतपुर, सिमरा, परवानीपुरलगायत क्षेत्रमा बिहानैदेखि बजार तथा पसल बन्द छन् भने सार्वजनिक यातायातका सवारी साधनहरु पनि ठप्प छ । बन्दका कारण मानिसहरुको आवातजावत कम भएकोले रिक्सा, टांगाहरु समेत न्यून संख्यामा चलेका छन् ।
वीरगन्जका विभिन्न चोकमा बन्दकर्ताहरुले बिहानै टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले सहरको भित्रि गल्लीहरुमा समेत माईकिङ गर्दै पसल व्यवसाय सञ्चालन नगर्ने भनेका थिए ।
-सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>