समाचारमंगलबार, कार्तिक २८, २०६९

राष्ट्रपतिले सोधे– निर्वाचन के भयो ?

सञ्जीव शर्मा

राष्ट्रपतिले २८ कार्तिक विहान प्रमुख दलका शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाई सरकारले ७ मंसीरका लागि चुनावको घोषणा गरेको स्मरण गराउँदै त्यो निर्वाचन नहुने निश्चित भइसक्दा पनि अहिलेसम्म सरकारले न त घोषणा फिर्ता लिएको न त अर्को मिति नै घोषणा गर्न सकेको भन्दै गुनासो गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

संकटबाट निकासका लागि दलहरुको सहमतिका बिना आफूले केही गर्न नसक्ने बताउँदै राष्ट्रपति यादवले बजेट, निर्वाचन लगायत वर्तमान संकटका समग्र विषयमा  दलहरुले सहमति नगरी समस्यालाई बल्झाइरहेको बताएका थिए ।

दलहरुको सहमति विना संविधान संशोधन, अध्यादेश पारित गर्न नसकिने भएकाले दलहरु छिटो भन्दा छिटो सहमतिमा पुग्नुको विकल्प नभएको राष्ट्रपतिको भनाई थियो ।

त्यसैगरी सर्वोच्च अदालत, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरु पदाधिकारी विहीन हुँदै गएकामा पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरे ।

सल्लाहकार दाहालका अनुसार राष्ट्रपतिले छिटोभन्दा छिटो सहमति गरी मुलुकका यावत समस्याहरुलाई निकास दिन नेताहरुलाई आग्रह गरेका थिए ।
जवाफमा नेताहरुले छिटै सहमति गर्ने पूरानै वाचा दोहो¥याएको पनि दाहालले जानकारी दिए ।

बैठकपछि मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले मंसीरको दोस्रो हप्तासम्म सहमतिमा पुगिने प्रतिक्रिया दिएका छन् ।

भेटमा एनेकपा माओवादीका अध्यक्ष एवम् सत्ता गठबन्धन मोर्चाका संयोजक पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक एवम् उपप्रधानन्त्री विजयकुमार गच्छदार सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>