समाचारमंगलबार, साउन २६, २०७२

बर्दिया पनि बन्द

हिमालखबर

सीमाङ्कनको विरोध गर्दै देशको पश्चिमी भेगमा एकपछि अर्को जिल्लामा आन्दोलन शुरु भएको छ ।

२५ साउनदेखि शुरु भएको आन्दोलनका क्रममा सुर्खेतमा २ जनाले ज्यान गइसकेको छ । सुर्खेतलाई मध्यपश्चिम (दाङ्, नेपालगञ्जसँगैको प्रदेशमा राखिनुपर्ने) माग गर्दै आन्दोलन भएको हो ।

बर्दिया बन्द
थरुहट प्रदेशको माग गर्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी नेपाल लगायतका संगठनले २६ साउन विहानैदेखि बर्दिया बन्द गराएका छन् ।

बन्दले विद्यालय र कार्यालय र कलकरखान ठप्प भएका छन् भने यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् ।
उनीहरुले कञ्चनपुरदेखि चितवन सम्मको समतर भूमि थरुहट स्वायत्त प्रदेश हुनपर्ने माग गर्दे अनिश्चिकालिन बन्दको आव्हान गरेका हुन् ।

यस्तै रुकुम जिल्लालाई टुक्राइएको भन्दै २५ साउनदेखि रुकुम बन्द छ । सल्यानलाई सुदुरपश्चिमका जिल्लाहरुसँग जोडिएको भन्दै सल्यानमा पनि आन्दोलन शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>