थप समाचारमंगलबार, साउन २६, २०७२
काठमाडौं केन्द्र भएको भूकम्प
केही बेरअघि काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।
काठमाडौंको कुलेश्वर नजिक केन्द्र भएको ४.३ म्याग्निच्यूडको भूकम्प २६ साउन विहान १०ः४२ मा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महशुस भएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । जारी संविधानसभा बैठकमा रहेका सभासदहरु समेत जमिन हल्लिएपछि कुर्सीबाट उठेका थिए ।
यो भूकम्प पनि १२ वैशाखमा गएको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
यसअघि आजै विहान ४ः१५ बजे गोरखा केन्द्र भएको ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>