Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फ्लोरिङको फाइदा - Himalkhabar.com

खेलकुदमंगलबार, साउन २६, २०७२

फ्लोरिङको फाइदा

हिमालखबर

Asianpaints logo1घरका भुईंमा रंगीचंगी टायल, मार्बल, पीभीसी/भिनायल, म्याट आदि प्रयोग गरेर घर वा कोठा आकर्षक बनाउन थालिएको छ। प्लास्टरले मात्रै भुईं राम्रो नदेखिने भएकाले टायल छाप्नेदेखि विभिन्न डिजाइनका कार्पेट र गलैंचा ओछ्याइने गरिएको छ।

भुईंलाई सुन्दर बनाउने ‘फ्लोरिङ विधि’ प्रति पछिल्लो समय चासो बढ्न थालेको छ। त्रिपुरेश्वर, काठमाडौंका राजु र मञ्जु केसी दम्पतीले घर बनाएको १० वर्षपछि भान्सामा मार्बल छापेका थिए। “मार्बल छाप्नुअघि प्लाष्टिकको फ्लोर म्याट ओछ्याएका थियौं”, मञ्जु (३६) भन्छिन्, “म्याटमुनि पानी पसेर कोठा गन्हाउने, म्याट च्यातिने समस्या झेल्नुपर्थ्यो।” मार्बल छापेदेखि बढार्न, पुछ्न निकै सजिलो भएको उनी बताउँछिन्।

टायल छाप्ने वा कार्पेट विछ्याउने बाहेक घरमा विभिन्न किसिमले फ्लोरिङ गर्न सकिन्छ। बजारमा उड, बाँस वा लेमिनेट फ्लोरिङका सामग्री पाइन्छन्। उड वा बाँसको फ्लोरिङ गर्दा कोठा न्यानो र सुन्दर देखिन्छ। तर, कतिपय काठ बिस्तारै कालो हुँदै र जोडिएका ठाउँ खुल्दै जाने समस्या पनि आउन सक्छ। त्यसो त पार्केटिङ गरिएका भुईंमा हिंड्दा आउने आवाज कतिपयका लागि झ्ार्कोलाग्दो पनि हुनसक्छ।

के गर्ने?
floringआर्किटेक्ट रक्षा रायमाझी फ्लोरिङका धेरै विकल्प भएकाले द्विविधा स्वाभाविक भएको बताउँछिन्। सेरामिक टायलको तुलनामा कम चिसो हुने भएकोले उनी घरमा टेराकोटा टायल प्रयोग गर्ने सल्लाह दिन्छिन्। “यी टायल लामो समयसम्म टिक्छन्”, रायमाझी भन्छिन्, “सजिलै कोतरिने वा दाग–धब्बा लाग्ने समस्या पनि हुँदैन।”

जानकारहरु घरको कोठा वा भाग अनुसार फ्लोरिङ गर्नुपर्ने बताउँछन्। जस्तोः लिभिङ–रुममा हार्डउड फ्लोरिङ सुहाउँछ भने भान्सामा टायल। बाँसको फ्लोरिङ गर्दा भुईं चिसो राख्नुहुँदैन। बाँसलाई फर्निचरले सजिलै कोतर्ने भएकाले यी फर्निचर घिसार्नुको सट्टा उचालेरै यताउता सार्नुपर्छ। सिन्थेटिक पाताहरू विछ्याइने लेमिनेट फ्लोरिङमा भने कोतरिने समस्या खासै हुँदैन। लेमिनेट फ्लोर चिप्लो हुने भएकाले हरबखत सावधान भने हुनुपर्छ।

फ्लोरिङको किसिम अनुसार सफाइ र मर्मत गर्नुपर्ने आर्किटेक्ट रायमाझी बताउँछिन्। “भिनायल सिटलाई मनतातो पानीमा कपडा चोबेर भुईं पुछ्नुपर्छ, लेमिनेट/उड फ्लोरिङको सफाइ गर्ने सामग्री नै वेग्लै हुन्छ”, उनी भन्छिन्। भुईंमा ओछ्याइएका काठ/बाँस चिरा परे, टुटे वा कोतरिएमा त्यसलाई टाल्न सकिने रायमाझीको भनाइ छ।

फ्लोरिङ गरेको भुईं सफा गर्दा चिसो पानी प्रयोग गर्नुहुँदैन। काठ, बाँस, ढुंगा (मार्बल/टायल) जस्ता बस्तुमा वाक्स वा रङ लगाइरहनुपर्दैन। स्प्रे वा वासिङ पाउडर सोझै फ्लोरमा छर्किनुहुँदैन।

प्रस्तुतिः सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>