थप समाचारबुधबार, साउन २७, २०७२
तीन जना पूर्व सभासदलाई जेल
विशेष अदालतले संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ ।
न्यायाधीशहरु पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले पूर्व सभासद त्रय राय, यादव र साहले कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला गरेको हो ।
उनीहरु तीनै जनाको राहदानीमा तस्वीर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनी दिइएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साल २६ भदौमा अदालतमा मुद्दा दायर गरेको थियो ।
कूटनीतिक राहदानी प्रयोग गर्नेहरू पृथ्वी छन्त्याल, सीता साह (लीला छन्त्याल), निर्मल बानियाँ र केदारनाथ शर्मा ९चापागार्इं० प्रत्येकलाई डेढ वर्ष कैद र ७५ हजार जरिवाना भएको छ ।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिइन् भने शिवपुजन राय यादव र विश्वनाप्रसाद यादव मधेशी जनाधिकार फोरम नेपालका सभासद थिए ।