Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमटीभीमा नेपालीका गीत - Himalkhabar.com

रमझमबुधबार, साउन २७, २०७२

एमटीभीमा नेपालीका गीत

हिमालखबर

mtvनेपालका सञ्चारमाध्यममा हिन्दी गीतहरू खूब बज्छन्। तर, भारतीय सञ्चारमाध्यममा नेपाली भाषाको गीत विरलै सुन्न पाइन्छ।

तर, अचेल भारतीय टेलिभिजन, एमटीभी इण्डियामा नेपाली गायकगायिका रोहित शाक्य र आस्था तामाङ मास्केको ‘होयर ह्याभ यु बिन’ बोलको गीत निकै प्रसारण भइरहेको छ।

११ साउन (२७ जुलाइ) मा ‘पेप्सी एमटीभी इण्डिज’ कार्यक्रम मार्फत सार्वजनिक गरिएको उक्त गीत ‘जस्ट अराइभ्ड’ विधा अन्तर्गत दिनको कम्तीमा तीन चोटि प्रसारण गरिंदै आएको छ।

“यो त हाम्रा लागि निकै खुशीको कुरा हो”, हाल क्यानाडामा रहेकी गायिका आस्थाले फेसबुकमा लेखेकी छन्।

अमेरिकाको प्रख्यात ‘इन्टरनेशनल सङ राइटिङ कम्पिटिसन २०१४’ मा पनि यस गीतले रोहित र आस्थालाई ‘पिपल्स भोइस’ विधामा अवार्ड दिलाएको थियो।

नौ महीनाअघि युट्युब मार्फत सार्वजनिक गरिएको ‘होयर ह्याभ यु बिन’ को म्युजिक भिडियोले ६६ हजारभन्दा बढी भ्यूज बटुलेको छ। आस्थाका ‘सबै ठीकै हुन्छ’, ‘इट्स गटा बि लभ’ जस्ता गीत चर्चित छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>