Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धुर्मुस–सुन्तलीले बनाएको नमूना वस्ती पीडितलाई हस्तान्तरण - Himalkhabar.com

थप समाचारबिहीबार, साउन २८, २०७२

धुर्मुस–सुन्तलीले बनाएको नमूना वस्ती पीडितलाई हस्तान्तरण

हिमालखबर

namuna_bastiहास्य कलाकार जोडी सीताराम र कुञ्जनाको टोलीले भूकम्प पीडितका लागि निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेका छन् ।

कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को टोलीले काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’ स्थानीय पहरी समुदायलाई २७ साउनमा हस्तान्तरण गरिएको हो ।

narayan_khadkaसीताराम र कुञ्जनासँगै मेरी बास्सै, भद्रगोल र सगुन डटकमको सहकार्यमा निर्मित २० वटा घरको साँचो शहरी विकास मन्त्री नारायण खड्काले परिवारका मूलीलाई प्रदान गरे ।

हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले सरकारले एकीकृत वस्ती विकासको लागि योजना बनाइरहँदा कलाकारहरुले निर्माण गरेको बस्तीले उदाहरण कायम गरेको बताए ।

haribanshaकलकार हरिवंश आचार्यले कलाकारमा मानवीय संवेदना समेत गहिरो रुपमा हुने गरेको उदाहरण सीताराम र कुञ्जनाले प्रस्तुत गरेको बताए । “उहाँहरुको कामले देश खुशी भएको छ र कलाकारको इज्जत बढाइदिएको छ,” उनले भने, “सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणमा उहाँहरुलाई नै प्रमुख बनाइए मुलुकका धेरै ठाउँमा नमुना बस्ती बन्नेछन् ।”

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आम मान्छेहरुले सामाजिक काममा ध्यान नदिईरहेका बेला सीताराम र कुञ्जनाको कामले सामाजिक चेतना विस्तार गरेको बताए ।

artists“सामाजिक काम गर्न निकै आनन्द आउँछ, मलाई लाग्छ अहिले धुर्मुस र सुन्तली त्यही आनन्दको अनुभुति गरिरहेका छन्,”श्रेष्ठले भने, “उनीहरुले कलाकारको नाक राखिदिए, हामी पनि यसमा आफै आनन्दित भईरहेका छौं ।”

भूकम्पका बेला अमेरिकामा रहेका सीताराम कट्टेलले त्यहाँको कार्यक्रम रद्ध गरेर नेपाल फर्किएपछिको अवस्थाको स्मरण गर्दै भने, “भूकम्पपछि राहत बाँड्न गाउँ–गाउँ जाँदा थाहा भयो, राहत भन्दा घर जरुरी रहेछ । धादिङ र गोरखामा यस्तै वस्ती बनाउन खोजेका थियौं, त्यहाँ उपयुक्त ठाउँ भेटिएन र यहाँ आइपुग्यौं ।”

उनले ७५ दिनसम्म बारीमा झुण्ड्याइएको पालमा सुतेर मेहनतपूर्वक घर बनाएको भन्दै अहिले यो वस्ती पीडितहरुलाई हस्तान्तरण गर्न पाउँदाको खुशी वर्णन गर्न नसकिने बताए ।

सुन्तलीले घर बनाउनका लागि सहयोग गर्ने स्थानीय समुदायदेखि विभिन्न क्षेत्रका सहयोगीप्रति आफू सँधै कृतज्ञ भइरहने बताईन् ।

“हामीको दुईको प्रयासबाट मात्रै यो संभव थिएन, यो कामका लागि देश विदेशका विभिन्न संस्था र व्यक्तिहरुले सहयोग गर्नुभएको छ, हामी त्यो गुन कहिल्यै विर्सने छैनौं,” उनले भनिन् ।

सीताराम–कुञ्जनालाई सगुन डटकमका तर्फबाट माधव चम्लागाईले स्थान छनौट, निर्माण सहजिकरणदेखि आर्थिक सहयोग समेत गरेका थिए ।

जस्तापाता, कामदार खर्च, ढुवानी, खाद्यान्न लगायतका काममा सगुन डटकमले यो जोडीलाई सघाएको थियो ।

नमुना वस्तीका प्रत्येक घरमा तीन वटा कोठा र एउटा शौचालयको व्यवस्था, प्रत्येक घर अगाडि पानीको धारा, बायोग्यासमा उत्पादन समेतको सुविधा छ । वस्तीमा पाहुना घर समेत बनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>