समाचारबिहीबार, साउन २८, २०७२
सुर्खेतमा आन्दोलनकारी विभाजित
-विनोद शाही, सुर्खेत
सीमाकंनमा विमति जनाउँदै सुर्खेतमा जारी आन्दोलन विभाजित भएको छ ।
२५ साउनमा दुई जनाको मृत्यु र दर्जनौं घाइते भएपछि प्रशासनले जारी गर्दै आएको कर्फ्यूका बाबजूद चर्किएको आन्दोलन २८ साउनबाट विभाजित भएको हो ।
अखण्ड मध्यपश्चिमको माग राख्ने नागरिकहरुसँग विमति जनाउँदै स्थानीय राजनीतिक दलहरुले छुट्टै आन्दोलन थालेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलगायतका दलहरुले अखण्डको पक्षमा नभई प्रदेशको राजधानी सुर्खेतमा हुनुपर्ने माग राख्दै संयुक्त विरोध सभा गरेका छन् ।
उनीहरुले अखण्ड मध्यपश्चिम नभई सुर्खेतलाई राजधानी बनाउनेगरी सातौं प्रदेशको माग गरेका छन् । दलहरुले शान्तिपूर्ण आन्दोलन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।
तर, राष्ट्रिय जनमोर्चा नेपालले भने संघीयताको विरोधमा प्रदर्शन गरेको छ, नेपाल मजदुर किसान पार्टीले अखण्ड मध्यपश्चिमको माग राखेर आन्दोलन थालेको छ ।
अखण्ड मध्यपश्चिमको माग गर्ने आन्दोलकारीले नारा जुलुससहित वीरेन्द्रनगर बजार परिक्रमा गरेका छन् । उनीहरुले अखण्ड मध्यपश्चिम कायम गर्नुपर्ने, आन्दोलनका क्रममा २५ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार हुनुपर्नेलगायत माग राखेका छन् ।
विभाजित रुपमा छुट्टा–छुट्टै गरिएको आन्दोलनहरु पनि अहिलेसम्म शान्तिपूर्ण नै छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
