थप समाचारशुक्रबार, साउन २९, २०७२

दाङका विद्यालय खुले, जिल्ला बन्द भने यथावत्

हिमालखबर

dangदाङका विद्यालय आज २९ साउनदेखि खुलेका छन् ।

थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहट सङ्घर्ष समिति दाङले आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र विद्यार्थी आवतजावत गर्ने विद्यालयका सवारी साधनलाई सञ्चालन गर्न दिने सहमति जनाएपछि जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु खुलेका हुन् ।

तर जिल्ला बन्द भने यथावत् रहेको सङ्घर्ष समितिले जनाएको छ ।

यसैबीच दाङ बन्दको तेस्रो दिन आज पनि जिल्लाको जनजीवन प्रभावित छ । बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन कुनै पनि सञ्चालन हुन सकेका छैनन् ।

बन्दको विकल्प खोज्न नागरिकले बन्दकर्तासँग माग गरेका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>