Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नवलपरासीः सयौं सवारी राजमार्गमा अलपत्र - Himalkhabar.com

थप समाचारशुक्रबार, साउन २९, २०७२

नवलपरासीः सयौं सवारी राजमार्गमा अलपत्र

हिमालखबर

तस्वीर: विद्रोही गिरी

तस्वीर: विद्रोही गिरी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीका विभिन्न ठाउँमा थारु महिलाहरु सडकमा ओर्लेपछि राजमार्ग अवरुद्ध भएको छ ।

थरुहट प्रदेशको माग गर्दै थरुहट संघर्ष समितिले आह्वान गरेको बन्द सफल पार्न पूर्वपश्चिम राजमार्गमा थारु महिलाहरु आएका हुन् ।

नवलपरासीको रजहर, भेडाबारी, डण्डा र भूताहामा प्रर्दशन गर्नेमा अधिकांश बालबालिका  र महिलाहरु छन् । कुनै कुनै स्थानमा बालबालिका मात्रै देखिन्छन् । लौरो बोकेका बालबालिकाले सडक अबरुद्ध गर्दा हजारौं यात्रु अलपत्र परेका छन् ।

बन्दका क्रममा नेतृत्वकर्ता सडकमा नहुँदा प्रेस र अन्य आवश्यक भनिएका सवारी र चालकमाथि दुर्व्यवहार हुने गरेको नवलपुर एफएमका प्रबन्ध निर्देशक तिर्थराज भुसालले  बताए ।

आन्दोलनकारीले भने प्रेस, एम्बुलेन्स र दुधबोक्ने गाडी चल्न दिइएको बताएका छन् ।

बन्दका कारण बजार कताकती खुलेको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>