समाचारशनिबार, साउन ३०, २०७२

नवलपरासीः कतै झडप, कतै खुशियाली

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बासामा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन प्रहरीसहित सात जना घाइते भएका छन् ।

थरुहट राज्यको माग गर्दै राजमार्ग बन्द गराएका आन्दोलनकारी र सडकमा अलपत्र सवारी साधनलाई गन्तव्यतर्फ पठाउन प्रयासरत प्रहरीबीच ३० साउनमा झडप भएको हो ।

प्रहरीले सामान्य बल प्रयोग गरी सडक खुलाएपछि आन्दोलनकारीहरु नवलपरासीका सभासद तथा एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीको घरतर्फ अगाडि बढेपछि भीडलाई नियन्त्रणमा लिन हवाइफायर समेत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

प्रहरीले भीडलाई तिररवितर पार्न केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

बासामा भएकोे घटनालाई लिएर केही मधेशकेन्द्रित दलहरुले दक्षिणी भेगका प्रहरी चौकीहरु घेराउ गरेका छन् ।

पूर्वी नवलपरासीमा खुशीयाली
यसैबीच पूर्वी नवलपरासीलाई बेग्लै प्रस्तावित ४ नं. प्रदेशमा राखिएको भन्दै नवलपुर क्षेत्रका उद्योगी व्यवसायीहरुले खुशीयाली मनाएका छन् । उनीहरुले त्यसक्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न समेत माग गरेका छन् ।

३० साउनमा गैंडाकोट उद्योग वाणिज्य संघ गंैडाकोट, देवचुली उद्योग वाणिज्य संघ, र नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले संयुक्त विज्ञप्ति जारी गरी नवलपुर क्षेत्र छुट्टै जिल्ला हुनु पर्ने माग गरेका हुन् ।

“नवलपरासी जिल्लाको नवलपुर खण्ड छुट्टै क्षेत्रको रुपमा विभाजन गरी नवलपुर खण्डलाई प्रदेश ४ मा राखिएकोमा हामी अत्यन्तै खुशी र हर्षित भएका छौं,” विज्ञप्तिमा भनिएको छ ।

नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष ओमप्रकाश पौडेल, गैडाकोट उद्योग वाणिज्य संघ, गैडाकोटका अध्यक्ष अमृत भट्टचन र देवचुली उद्योग वाणिज्य संघ, देवचुलीका अध्यक्ष धर्मराज बस्यालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जनचाहाना भौगोलिक अवस्था लगायतलाई ध्यानमा राखी गरिएको निर्णय उल्ट्याउने खेल हुन थालेको प्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख छ ।
विद्रोही गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>