Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्पमा भत्किएको विद्यालयलाई दर्नाल अवार्डको साथ - Himalkhabar.com

थप समाचारशनिबार, साउन ३०, २०७२

भूकम्पमा भत्किएको विद्यालयलाई दर्नाल अवार्डको साथ

हिमालखबर

Subash Darnal

अधिकारकर्मी सुभाष दर्नालको नाममा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ रकम भूकम्पमा भत्किएको विद्यालयलाई हस्तान्तरण गरिएको छ । राजधानीमा ३० साउनमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक, पोखरेस्थित बालकल्याण प्राविलाई रु. पाँच लाख हस्तान्तरण गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै विद्यालयका प्राधानध्यापक सुब्बा तामाङले १२ बैशाखको महाभूकम्पले भत्किएको विद्यालय भवन निर्माणमा खर्च गरिने बताए । अवार्ड सरिता परियार ट्रस्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा सन् २०१३ मा स्थापना गरेको हो । सेन्टरका अध्यक्ष रेम विश्वकर्माले यसपटक अवार्ड रकम विद्यालयलाई सहयोग गरे पनि अर्को वर्षदेखि निरन्तर अवार्ड वितरण गरिने जानकारी दिए ।

३० साउन २०६८ मा अमेरिकामा कार दुर्घटनामा ज्यान गुमाएका दर्नालको स्मृतिमा आयोजित कार्यक्रममा भूकम्पपछि पुननिर्माण र सामाजिक न्याय विषय अन्तरक्रिया आयोजना गरिएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. भारतेन्दु मिश्र र युग पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । दुबै कार्यपत्रमाथि एमाले सचिव प्रदीप ज्ञवाली, मानवशास्त्री डा. मुक्तसिं लामा र अधिकारकर्मी रक्षाराम हरिजनले टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>