थप समाचारआइतबार, साउन ३१, २०७२
उद्योगमन्त्री बस्नेत अस्पताल भर्ना
उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि ३१ साउन बिहान अस्पताल भर्ना गरिएका छन् ।
पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उनलाई भर्ना गरिएको छ ।
उनलाई एपेन्डिसाइटिस भएको र हाल अतिसघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।
“बिहानैदेखि आइसियुमा राखेर उपचार गरिरहेका छौँ, उहाँको मुख्य समस्या एपेन्डिक्सको बिहान १० बजे शल्यक्रिया गरिनेछ, त्यसका साथै अन्य रोग भए नभएको परीक्षण पनि भइरहेको छ ,” निर्देशक न्यौपानेले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>