समाचारआइतबार, साउन ३१, २०७२

दुईवटा ट्रक र एउटा जीपमा आगजनी

हिमालखबर

तस्वीर: विद्रोही गिरी

तस्वीर: विद्रोही गिरी

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तिलकपुर–७ स्थित बासा बासाबसहीमा बन्दकर्ताहरुले तीनवटा सवारी साधनमा आगो लगाएका छन् ।

ना ३ ख ६९२६ नम्बरको ट्रक, दुर्घटनामा परी सडक छेउमा रहेकोे ना ४ ख १६१८ नम्बरको ट्रक र बा १० च ३३१३ नम्बरको पिकअप जीपमा आन्दोलनकारीले आगो लगाएका हुन् ।

मस्यौदा सम्बिाधनमा गरिएको प्रदेशहरुको सीमाङकनको विरोध गर्दै आन्दोलनरत थरुहट संघर्ष समिति र केही मधेशकेन्द्रित दलहरुले गरेको बन्दका क्रममा सवारी साधनमाथि आगजनी भएको स्थानीय प्रशासनले जनाएको छ ।

ना ४ ख १६१८ नम्बरको ट्रक ३० साउन राति दुर्घटना हुँदा लम्जुङ्ग तार्खुघाटका चालक ४४ वर्षीय रविलाल गुरुङ्गको उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा परेको सोही ट्रकमा पनि आन्दोलनकारीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>