समाचारआइतबार, साउन ३१, २०७२

प्रदेश संख्या थपघट हुनसक्छः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमाङ्कनको विषयमा दलहरुबीच छलफल हुँदै जाँदा प्रदेश संख्या पनि थपघट हुनसक्ने बताएका छन् ।

३१ साउन साँझ सिंहदरबारमा बसेको विशेष समितिको बैठकबाट बाहिरिंदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने, “अहिलेलाई ६ प्रदेशमै छौं, कुरा गर्दै जाँदा थपघट हुनसक्छ ।”

यद्यपी प्रदेश संख्या थपघट गर्ने बारे समितिको बैठकमा भने कुनै छलफल नभएको उनको भनाई थियो ।

त्यस्तै एमाले उपाध्यक्ष विद्या भण्डारीले राजधानीलाई बेग्लै प्रदेश बनाउने बारे पनि छलफल भएको बताइन् ।

“विस्तृत छलफल त भएको छैन तर, राजधानीलाई छुट्टै प्रदेश बनाएर जाने कि भन्ने कुरा चाहीं उठेको छ,” भण्डारीले भनिन् ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>