समाचारसोमबार, साउन ३२, २०७२

सामान्य बल प्रयोगः गृहमन्त्री

हिमालखबर

गृहमन्त्री बामदेव गौतमले पछिल्लो आन्दोलनहरुले प्रचलित कानूनको परिधि बिपरीत प्रहरीमाथि ढुंगामुडा प्रहार गरेकाले सामान्य बल प्रयोग भएको बताएका छन् ।

संसद बैठकमा जवाफ दिदै गृहमन्त्री गौतमले भने, “सरकारी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक सेवा सञ्चालनमा अवरोध र निषेधित घेरा तोडी प्रहरीमाथि ढुंगामुढा भएपछि सामान्य बल प्रयोग भएको हो ।”

राज्यका जिम्मेवार व्यक्तिहरूले नै हिंसा भड्काउनेगरी गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । गृहमन्त्री गौतमले सद्भाव भड्काउने गरी आएको अभिव्यक्तिको अडियो रेकर्ड संसदमा पेश गरे ।

गृहमन्त्रीको चर्को आलोचना
यसैबीच, शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनबारे संसदमा झुटो जवाफ दिएको भन्दै सांसदहरुले गृहमन्त्री चर्को आलोचना गरेका छन ।

राप्रपा नेपालका सभासद् दिलनाथ गिरीले आफूहरूले गृहमन्त्रीले भनेजस्तो कुनै कार्य नगरेको र गृहमन्त्रीले झुटा विवरण प्रस्तुत गरेको बताए । मधेशी जनाअधिकार फोरम, नेपालका लालबाबु रावतले गृहमन्त्रीको जवाफमा कुनै सत्यता नभएको बताए ।

समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले झुटो विवरण पेश गरेर समस्या समाधान नहुने बताए । तराई–मधेश लोकतान्त्रिक पार्टीका अकवाल अहमद शाहले संविधान बनाउने क्रममा जनतामाथि मजाक भइरहेको बताए ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>