समाचारसोमबार, साउन ३२, २०७२
जुम्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप
जुम्ला सदरमुकाम खलङ्गामा आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीसँग भएको झडपमा पाँच जना घाइते भएका छन् ।
प्रहरीसँगको झडपमा परी स्थानीय रतननाथ योगी, धर्मेन्द्र रोकाया, रामकृष्ण चौलागाईँ, नृपेन्द्र महत र कष्णानन्द जैसी घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलका अनुसार घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
अहिले आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गर्ने प्रयास गरिरहेका छन् भने प्रहरीकातर्फबाट बेलाबेलामा हवाई फायर भइरहेको छ । आन्दोलनकारीले अहिले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालय अघिल्तिर प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् ।
जुम्लामा स्वायत्त कर्णाली प्रदेशको माग राख्दै केही दिनदेखि आन्दोलन भइरहेको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
