थप समाचारसोमबार, साउन ३२, २०७२
दोलखा, रामेछाप र सिन्धुलीलाई प्रस्तावित ३ नम्बर प्रदेशमै राख्न माग
दोलखा, रामेछाप र सिन्धुलीका सभासदहरुले आफ्नो जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् ।
उनीहरुले विज्ञप्ति प्रकाशित गदै हालै विभिन्न सञ्चारमाध्यममार्फत प्रस्तावित ३ नम्बरको प्रदेशमा समावेश भएका जिल्लाका बारेमा समाचार सम्प्रेषण भएको हुँदा ती तीन जिल्लालाई अन्य प्रदेशमा नलान आग्रह गरेका छन् ।
यसरी माग गर्नेमा सभासदहरु पशुपति चौलागार्इं, पार्वत गुरुङ, आनन्द पोखरेल, आङ्दावा शेर्पा, श्यामकुमार श्रेष्ठ, कमला घिमिरे, शिवबहादुर खड्का, मोहनप्रसाद बराल, दीपशिखा शर्मा र गणेशकुमार पहाडी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>