समाचारसोमबार, साउन ३२, २०७२
निर्धारित समयमा मस्यौदा तयार भएन, असन्तुष्ट पक्षसँग छलफल गरिने
संविधानसभाले दिएको पाँच दिनको समय सकिएपनि मस्यौदा समितिले नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न सकेन ।
विवादित विषयहरु धर्म, थ्रेस होल्ड र पुनःनियुक्ति बाहेकमा सहमति जुटाइसकेका दलहरुले थप छलफल गर्ने भन्दै निर्धारित समयमा मस्यौदा तयार पारेनन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका अनुसार असन्तुष्ट पक्षसँग संघीयताको सीमाकंनबारे छलफल गर्न मस्यौदा निर्माण कार्य रोकिएको हो ।
जनताको सुझाव लिएपछि ६ प्रदेशको सीमासहितको प्रतिवेदन तयार भएपनि विभिन्न क्षेत्रबाट असुन्तुष्टि आएपछि मस्यौदा तयार हुन नसकेको पौडेलले बताए । उनले भने, “असन्तुष्ट पक्षसँग छलफल गरेर एक दुईदिनभित्रै मस्यौदा तयार हुन्छ ।”
संविधानसभाले ३२ साउनसम्म अन्तिम मस्यौदा तयार पार्न समय दिएको थियो । दलहरुले विशेष समितिमार्फत थप सहमति कायम गरेर अन्तिम मस्याैदा तयार पार्ने निर्णय गरेकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
