समाचारमंगलबार, भाद्र १, २०७२

सप्तरीमा प्रहरीको गोलीबाट आन्दोलनकारीको मृत्यु

हिमालखबर

सप्तरीको भारदहमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दमा पूर्वपश्चिम राजमार्ग अवरोध गरेका आन्दोलनकारीलाई हटाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच आज विहानैदेखि झडप भइरहेको छ ।

हिंसात्मक बन्दै गएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरी बिट तोडफोड र आगजनी प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोलीबाट भारदह–१का ३५ वर्षीय राजीभ राउतको घटनास्थलमै मृत्यु भएको हो भने गोपाल मण्डल, सत्यनारायण मण्डललगायतका ७ जना आन्दोलनकारी घाइते भएका छन् ।

अहिले राउतको शवलाई राजमार्गमा तेर्स्याएर आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>