थप समाचारमंगलबार, भाद्र १, २०७२

विद्यार्थीले बन्दको विरोध गर्दा शिक्षक कुटिए

हिमालखबर

Nandapd mahatoबन्दको विरोधमा विद्यार्थीलाई प्रदर्शन गर्न उक्साएको आरोप लगाउँदै नवलपरासीका शिक्षक नन्दप्रसाद महतोमाथि कुटपिट भएको छ ।

लगातारको बन्दले पढ्न पाउने अधिकार कुण्ठित भएको भन्दै नवलपरासीको त्रिभुवन बाल उच्च मावि, ढोकीका विद्यार्थीहरुले ३२ साउनमा प्रदर्शन गरेका थिए ।

“हाम्रो स्कुलका विद्यार्थीहरुले पठन पाठन सुचारु गर्न माग गर्दै सडकमा प्रदर्शन गरेपछि थारु भएर थारुकै आन्दोलनविरुद्ध विद्यार्थी उक्साउने भन्दै ममाथि कुटपिट भयो,” शिक्षक महतोले भने ।

थारु कल्याणकारिणी सभाका नवलपरासी अध्यक्ष गणेश महतो, राजकुमार महतो, मानसिंह चौधरी र डेमनारायण महतोले केही कुरा गर्नु छ भनी थारु संग्रहालयमा बोलाई कुटेको उनले बताए ।

“हामीले सडकमा प्रदर्शन गर भनेका होइनौं तर, पढन पाउने उनीहरुको अधिकार हो भन्दावित्तिकै ममाथि मुक्का हान्ने काम भयो,” उनले भने ।

मुक्का प्रहारबाट महतोको आँखा र टाउकोमा चोट लागेको छ । उनले आफूमाथि कुटपिट गर्नेलाई कारवाहीको माग समेत राखेका छन् ।

यसैबीच शिक्षक महतोमाथि भएको आक्रमणको बिरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>