समाचारमंगलबार, भाद्र १, २०७२
सप्तरीमा कर्फ्यू
सप्तरीमा जारी आन्दोलन नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले भारदह वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
१ भदौ अपराह्न ४ बजेदेखि २ भदौ विहान ५ बजेसम्मका लागि पूर्वमा भारदहको कंकालिनी मन्दिर, पश्चिममा भारदहको ट्याम्पु स्ट्यान्ड, उत्तरमा पोर्ताह हटिया गाविस भवन र दक्षिणमा सकरदही पुलदेखि ३०० मिटर दक्षिणसम्म कर्फ्यू जारी गरेको सहायक प्रजिअ शिशिर पौडेलले जानकारी दिए ।
प्रस्तावित ६ प्रदेशप्रति असन्तुष्टी जनाउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दमा यातायात अवरुद्ध पारेका आन्दोलनकारी र प्रहरी बीच झडप हुँदा आजै विहान एकजना आन्दोलनकारीको मृत्यु भएको छ भने अन्य सात जना घाइते छन् ।
आन्दोलन हिंसात्मक हुँदै गएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।
श्रवणकुमार देव, सप्तरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
