समाचारमंगलबार, भाद्र १, २०७२

संविधानसभा बैठक ५ः३० बजे

हिमालखबर

मस्यौदा समितिलाई नयाँ संविधानको अन्तिम मस्यौदा तयार पार्न पाँच दिनको समय दिएर स्थगित संविधानसभाको बैठक साँझ ५ः३० बजे बोलाइएको छ ।

अन्तिम मस्यौदा पेश गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार बैठक बोलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बताए । तर, मस्यौदा समितिले मस्यौदा तयार पार्न नसकिरहेका बेला बोलाइएको बैठक प्रभावित हुन सक्ने देखिएको छ ।

अहिलेसम्म संविधानका विवादित विषयहरुलाई विशेष समितिले टुंग्याउन सकेको छैन । विशेष समितिका संयोजक बाबुराम भट्टराईले सीमाकंनबाहेक अन्य विषयमा सहमति जुटेको बताएपनि मस्यौदा भने तयार हुन सकेको छैन ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>